१५ बैशाख २०८१, शनिबार

कार्यालय प्रमुखका नाममा ९ लाख भन्दा बढी बेरुजु


कालीकोटः जिल्लामा रहेको पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई कालीकोटका तत्कालीन कार्यालय प्रमुख राधाकृष्ण दासले कार्यालयबाट लिएको पेश्की फछ्र्यौट नगरेर गएको खुलेको छ ।
कार्यालय प्रमुख दासको नाममा ९ लाख भन्दा बढी बेरुजु देखिएको भएपनि उनले बेरुजु दाखिला नगरेको खुल्न आएको छ । जिल्लामा आयोजनाले कृषि सिचाई लगायतका विकास निमार्णमा काम गर्दै आएको थियो । तत्कालीन कार्यालय प्र्रमुख दासका नाममा कार्यालयले पत्र काटेको भएपनि उनले चासो नदिएको कार्यालयले जनाएको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालय प्रमुख दासका नाममा ९ लाख २ हजार ५ सय १३ रुपैयाको बेरुजु देखिएको छ ।
कार्यालय प्रमुखको नाममा यति ठुलो बेरुजु देखिदा पनि अहिले तत्कालीन कार्यालय प्रमुख राधाकृष्ण दास सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । अहिले दास डोल्पा जिल्लामा कार्यरत छन् । पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई कालीकोट दासलाई गत फागुन ११ गतेका दिन पत्र काटिसक्दा पनि उनले उक्त बेरुजु रकम दाखिला गरेका छैनन् ।
यता कार्यालय प्रमुख राधाकृष्ण दासले आफुले अडिट रिपोट मागेको बताए । उनले कसरी आफ्नो नाममा ९ लाख भन्दा बढी बेरुजु कसरी आयो भन्ने विषयमा जानकार नभएको दासले बताए । उनले पत्रमात्र ३ वटा आएको तर अडिट रिपोट नआएकाले बेरुजु दाखिला गर्न समय लागेको बताए । यता अहिलेका कार्यालय प्रमुख नितेश कठायतले दैनिक भ्रमण भत्ता लिएको, सामाना खरिद गरेको, बजेट रकमान्तर गरेका लगायतमा बेरुजु देखाएको छ । उनले भने, अफिसको काम मिलाउनै आफुलाई समस्या भएको छ । बेरुजु देखिएका कर्मचारीबाट असुल उपर गर्न मुस्किल भएको नितेश कठायतले बताए ।

एक आयोजनाको ४ लाख बेरुजु
पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई कालीकोटले संचालन गरेको एक कार्यक्रमको ४ करोड रकम बेरुजु भएको छ । विगत लामो समयदेखि कृषि र सिचाईका क्षेत्रमा काम गर्दै आएको आयोजना आर्थिक वर्ष २०७६÷०७७ मा मात्र ४ करोड कार्यालयका कर्मचारीका नाममा बेरुजु देखिएको छ ।
पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई कालीकोटका तत्कालीन कार्यालय प्रमुख राधाकृष्ण दासका नाममा ९ लाख २ हजार ५ सय १३ सुभित कोइरालाको नाममा ७० हजार, भवानी प्रसाद पाण्डेको नाममा ५० हजार लगायत अन्य कर्मचारीहरुको नाममा पनि बेरुजु रहेको छ ।
बेरुजु देखिएका कर्मचारीलाई कार्यालयले ३ पटक पत्र काट्दासम्म पनि तत्कालिन कार्यालय प्रमुख राधाकृष्ण दासले अहिलेसम्म पनि फछ्यौट गरेका छैनन् । यसरी एकै आयोजनामा करोर्डौ रकम बेरुजु देखिदा पनि सम्बन्धित निकायले चासो देखाएको छैन । पछिल्लो समय जिल्लामा विभिन्न आयोजनामा काम गर्न आउने प्रमुखहरुले कमाउनका लागि आउने गरेका नागरिकको गुनासो बढ्दै छ ।
कालिकोटको समस्या देखाएर कमाउ धन्दा चलाउन आउने कर्मचारी माहिर छन् । यस्तै कर्मचारीका कारण अन्य कर्मचारी प्रतिको नागरिकको विश्वास घट्दै गएको जानकारवाला बताउछन् ।

सामाना ढुवानीमापनि कमिशनको खेल
पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई कालीकोटका तत्कालीन कार्यालय प्रमुख राधाकृष्ण दासले सामाग्री ढुवानीमा पनि कमिशन लिएको खुल्न आएको छ ।
कार्यालय प्रमुख दासले नेपालगन्जबाट जिल्लाको पलाता गाउँपालिकामा निमार्ण गरिने ताहाज्यूलो सिचाई कुलोको निमार्णका लागि चाहिने आवश्यक सामाग्री आफै ढुवानी गरि कमिशन लिएको पाइएको छ । दासले नेपालगन्जबाट कालीकोटसम्मको सामाना ढुवानीको भाडा बढिमा ५ रुपैया भएपनि १५ रुपैयाको विल उठाएर रकम झ््वाम पारेका छन् ।