७ बैशाख २०८१, शुक्रबार

पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार 


हुम्ला । खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ ।

अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको पहिरो परेर  एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाही घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।