१५ बैशाख २०८१, शनिबार

बाढीले विद्यालय भवनमा क्षति



सुर्खेत । बाढीका कारणले जुम्लाको एउटा विद्यालयमा १ करोड ६६ लाख ३५ हजार बराबरको धनमाल नष्ट भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुमा रहेको नेत्रज्योति माध्यमिक विद्यालयमा बाढीले विद्यालयको भवन तथा अन्य सरसमानमा क्षति पु¥याउँदा १ करोड ६६ लाख ३५ हजार बराबरको धनमाल नष्ट गरेको हो ।

गिडीगंगा नदीले विद्यालयका भवनदेखि घेराबार, फर्निचर बगाउँदा विद्यालय भवनमा क्षति पुगेको हो ।

विद्यालयमा बाढीले क्षति पु¥याउँदा विद्यालयको पठनपाठन समेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपाने बताए । ‘विद्यालय विद्यालय असोज ३० गतेदेखि सञ्चालनमा आएको थियो,’ उनले भने,‘कार्तिक १ गतेको बाढीले विद्यालय बगायो । विद्यालय बगर बन्यो । पठनपाठन सञ्चालन गर्न कठिन छ ।’

अहिले विद्यालयमा अध्ययनरत ६ सय ९४ विद्यार्थी अलपत्र छन् । विद्यालयको ६ सय ५० वर्गमिटर घेरबारको कुनै निसाना छैन ।

नमुना विद्यालयका बनाउका लागि १ करोड ५० लाख रुपैयाँमा दुई पक्की भवन निर्माण हुँदै थिए । नयाँ बन्न लागेका भवनमा समेत क्षति पुगेको छ ।