२० बैशाख २०८१, बिहीबार

एमालेको पालिका अधिवेशन ओलीले भर्चुअल उद्घाटन गर्ने


काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दैछ ।

गत शनिबार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेकका सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेकका पालिका कमिटीको आज अधिवेशनमा हुन लागेको हो ।

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशनको क्रम चलिरहेको हो ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।