२० बैशाख २०८१, बिहीबार

पीडितलाई २ लाख नगद हस्तान्तरण


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–७ का सुरेन्द्र धमालाका परिवारलाई २ लाख राहत वितरण गरिएको छ ।
असोज ५ गतेका दिन रास्कोट नगरपालिकामा रहेको लडेखोलामा आएको पहिरोसंग रुख लागेर धमालाको निधन भएको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले मृतक धमालाका बुवा अमनाथ धमालालाई २ लाख राहत हस्तान्तरण गरेका हुन् । सरकारको मापदण्ड अनुसार दिदै आएको रकम धमालाईलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । जिल्ला विपद व्यवस्थापन समिति कालीकोटले दैविक प्रकोपबाट क्षति भएका र ज्यान गुमाएका परिवारलाई राहत प्रदान गर्दै आईरहेको छ ।
असोज ५ गते विहान रास्कोट नगरपालिकामा रहेको लडेखोलामा हिड्दै गरेको अवस्थामा पहिरो सहित खसेको रुख लागेर धमालाको निधन भएको थियो । राहत हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि दमनबहादुर शाही पत्रकार लगायतको उपस्थिति रहेको थियो ।