२० बैशाख २०८१, बिहीबार

चेक किर्ते कसुर मुद्वाको अभियोगमा एक जना पक्राउ


सुर्खेत । किर्ते चेक कसुर मुद्वाका एक जना अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले किर्ते चेक कसुरमा जिल्लाको तिलागुफा गाउँपालिका–७ का सरोज शाहीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कालिकोटबाट २०७२ साल बैशाख ८ गते किर्ते चेक कुसुरमा १ वर्ष कैद र रु.१,६८,५००(एक लाख अटसट्ठि हजार पाच सय रूपैयाँ )जरिवाना भएका शाहीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
हालसम्म फरार प्रतिवादीको रुपमा रहेका शाहीलाई मंगलबार फेला पारी कैद र जरीवाना असुल उपरको लागी जिल्ला अदालत कालिकोटमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख चक्रबहादुर शाहले बताए ।