तिन देशका राजदुत रारा तालमा


सुर्खेत । तीन देशका राजदुत मुगुको रारातालमा पुगेको छन् । अमेरिका राजदुत रेण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियान राजदुत फिलिसिटी भोल्क रारा ताल पुगेका हुन् ।
राजदुत रारामा पुगेको अमेरिकी दुताबासको फेसबुक पेजमा बेरीको मुगु डायरी भन्दै,‘तपाईंहरुका केही जिज्ञासाहरू लिन्छु । म किन यो यात्रामा निस्कें ? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ । यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ । यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो । यो खतराको घण्टी हो ।’ उनले भने, ‘रारा ताल नेपालको सवैभन्दा ठुलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो । यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो । जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ । अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूसम्म पनि पर्ने गर्दछ ।’
राजदुत भोल्क, राजदुत पोलीट र राजदुत बेरी रारा राष्ट्रिय निकुञ्जको भ्रमण गरेर स्थानीय समुदाय र सरकारी प्रतिनिधीहरुसँग जलवायु परिवर्तनले स्थानीय हिमाली समुदायमा र पर्यावरणमा पारेको असरको बारेमा छलफल गर्ने छन् ।
कर्णालीपाटी । २९ कार्तिक २०७८, सोमबार १३:००