२१ बैशाख २०८१, शुक्रबार

सुर्खेत विमानस्थल बन्द हुने



सुर्खेत । सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।
धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेत कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले बताए । ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’
विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपनि बुद्ध एयरले नेपालगञ्जमा थप उडान थप्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाईयात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप १ उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।