२१ बैशाख २०८१, शुक्रबार

दुर्गमको पीडा : डोल्पामा सधैँ हवाई टिकट कै सास्ती


जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुप¥यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे ।

गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुप¥यो । डाँगीले भने, “चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।”

बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरु राति जाग्राम बस्छन् । “उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन”, समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, “हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौँ ।”