९ जेष्ठ २०८१, बुधबार

यी हुन् खुलातर्फ निर्वाचित कांग्रेसका ३५ केन्द्रीय सदस्य



काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् । शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसीलगायत निर्वाचित भएका छन् ।

यस्तै, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल पनि निर्वाचित भएका छन् ।

राजीव ढुंगाना, सञ्जय गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य पनि निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा थिए ।