१९ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनौट


सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनीधिहरुको टुङ्गो लगाएको छ ।

पुस ११ गतेबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनीधि सहभागी हुनेछन् ।

पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट छन् ।
अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालिकोटबाट ११–११ जना, सुर्खेत र जाजारकोटबाट १०/१० जना छनौट भएका छन् ।
मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात/सातजना जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।