१९ बैशाख २०८१, बुधबार

माधव नेपाल सल्यानमा, आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने


सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल बिहीबार सल्यान आइपुगेका छन् । उनी शुक्रबार एकीकृत समाजवादी सल्यानको जिल्ला भेलालाई सम्बोधन गर्न आएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष नेपालसँगै पार्टीका केन्द्रीय उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला पनि सहभागि हुनेछन् । सल्यान ज्वालाको गृहजिल्ला पनि हो । कार्यक्रमका लागि पार्टीका अन्य केन्द्री सदस्यहरु समेत सहभागि हुने अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा झण्डै एक हजार पाँच सय बढी अगुवा कार्यकर्ताहरुको सहभागिता एकीकृत समाजवादी सल्यानको दाबी छ ।