८ जेष्ठ २०८१, मंगलवार

शुलभ परियोजनाको अनुगमन काम प्रभावकारी बन्दै


कालीकोट । कालीकोट जिल्लामा शुलभ परियोजना प्रभावकारी बन्दै गएको पाईएको छ । टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजिकरणमा सञ्चालित शुलभ परियोजना अन्र्तगत शुभकालिका गाउँपालिका वडा नं ३ ,५ र ६ नं वडाका बिभिन्न योजना तथा गठित कृषि समुह,सहकारीहरुको उदाहरणीय कामले जनताको मन जित्न सफल हुनुका साथै जिविकोपार्जनमा सुधार भएपछि परियोजना प्रभावकारी बन्दै गएको छ ।

शुभकालिका गाउँपालिकाका उपाध्यक्ष एव्म गाउँपालिका अनुगमन समितीका प्रमुख पम्फा कुमारी शाहीको नेतृत्वमा गएको अनुगमन समितीले परियोजनाले गरेका कृयाकला तथा योजनाहरु दिगो टिकाउम् र पारदर्शी भएपछि सो निश्कर्ष निकालेको हो ।

परियोजनाले आफ्नो वडामा कृषि सहकारीमार्फत वडा नं ५ को घुमथलामा सामुहिक ओखर खेतस् गरेको खापरदेव कृषि सहकारी संस्थाका सदस्य तथा ओखर खेतीका चौकिदारसमेत रहेका बिर्खबहादुर शाहीले बताए । ६६८ वटा ओखरका बिरुवा लगाएकोमा अहिले १७ बिरुवा मात्र नहुर्केको उनको भनाइ छ ।

कुल १ लाख ७९ हजार २ सय ६६ रुपैयाँ ९१ पैसामध्ये सहकारीको १४ हजार ७ सय ८४ रुपैयाँ ५६ पैसा रहेको र अरु बाँकी १ लाख ६४ हजार ४ सय ८२ रुपौया ३५ पैसा शुलभ परियोजनाले लगानी गरेको उनले बताए ।

चौकिदार शाहीले सामुहिक ओखर खेतीले जिविकोपार्जन,जलवायु परिर्वतन न्युनिकरण हुनुका साथै सहकारीको आर्थिक बृद्धिको लागि पनि महत्वपुर्ण योगदान पु¥याउने बताए ।

परियोजनाले ओखर खेती मात्र नभइ अरु क्षेत्रमा पनि काम गरेको शुलभ परियोजनाका संयोजक राजेश गौतमले बताए । उनका अनुसार शुभकालिका ६ मा ओखर खेती, तरकारी खेती कागती खेती, बहु उपयोगी सतुवा खेती गर्नुका साथै नर्सरी स्थापना, बालक्लव, युवा क्लव समुह, सहकारीमार्फत जिविकोपार्जन तथा वातावरण संरक्षणको क्षेत्रमा पनि काम गरेको उनले बताए ।

गौतमले परियोजना संचानको लागि स्थानिय सरकारको सकारात्मक साथ रहेको बताउँदै २०२२ को लागि पनि स्थानियबासीबाट सकारात्मक सुझावको अपेक्षा गरेको उनले बताए ।

अनुगमनका अनुगमन समितीका प्रमुख तथा शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले कृषि तथा आयआर्जनको क्षेत्रमा परियोजनाले आफ्नो गाउँपालिकामा एउटा इट्टा थपेको भन्दै सहयोगी निकाय टिडिएचबिएमजेट जर्मनलाइ धन्यवाद दिदै परियोजना ३ वटा वडामा मात्र संचालन गर्नुभन्दा पालिकाका १ देखि ८ वटै वडाहरुमा संचालन गर्ने अुनुरोध समेत प्रमुख शारीले गरिन् ।

आफ्नो गाउँपालिकामा शुलभ परियोजनाले जनताको जिवनस्रतमा सुधार ल्याउनुका साथै जिविकोपार्जनमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै जलवायु न्युनिकरण, वातावरण संरक्षण, जैविक विविधता संरक्षणमा पनि शुभल परियोजनाले बिषेश योगदान पुर¥याएकाले यो परियोजना संचालनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

अनुगनमका क्रममा जैविक विविधता र वातारण संरक्षणका लागि बृहत सामुहिक अभियान अन्र्तगत वातावरण संरक्षण तथा जैविक विविधता संरक्षणका लागि गाउँपालिकाका ३ वटै वडाहरुमा सडक नाटक, एकल गायन, देउडा, वक्तृत्व कलालगाएतको माध्ययमबाट जचेतना फैलाइएको शुलभ परियोजनाका कार्यक्रम संयोजक गोपाल सिंह कार्कीले बताए ।

उनका अनुसार शुभकालिका गाउँपालिका ३ मा लेकवेशी कृषि सहकारी संस्था, वडा नं. ५ मा खापरदेव कृषि सहकारी संस्था र वडा नं. ६ को हाउडीमा खोदाईदेव कृषि सहकारी संस्था गठन गर्नुका साथै कृषि सम्वन्धि विभिन्न उत्पादन मुलक कार्यक्रम संचालन गरेको उनको भनाई छ ।
कार्की भने परियोजना अन्र्तगत युवा क्लव, बाल क्लव, विद्यालयमार्फत वातावरण संरक्षण र जैविक विविधता संरक्षणका लागि विभिन्न क्रियाकलाप भइरहेको कार्कीले बताए ।

पौष ६ गतेबाट पौष १० गते सम्म संचालन गरिएको अनुगमनमा शुभकालिका गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष केशनबहादुर शाही, कार्यपालिका सदस्य मनशोभा शाही, भिमकौरा शाही, शिक्षा शाखा प्रमुख नमराज आचार्य, हुरेन्डेकका सदस्य खडानन्द अधिकारी, शुभकालिका गाउँपालिका वडा नं. ३ का वडा सदस्य टिकाराम धिताल, गाउँपालिका कृषि शाखा प्रतिनिधी चन्द्रप्रसाद अधिकारी, महिला शाखा प्रमुख अमृता अधिकारी, शुभल परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत सरोज पन्थी, लेखा अधिकृत लक्ष्मीप्रसाद देवकोटालगाएत पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।