३ कार्तिक २०८१, शनिबार

मोडल रेशम नेप्किङको ‘बद्लियो मन’ सार्बजनिक


सुर्खेत । मोडल तथा समाजसेवी रेशम नेप्किङको नयाँ म्युजिक भिडियो ‘बद्लियो मन’ सार्बजनीक भएको छ । प्रेम कहानीमा आधारित भिडियोमा नेप्किङलार्इ मोडल अन्जना श्रेष्ठले साथ दिएकी छन् । गीतमा गायक अर्जुन बराइलीको स्वर रहेको छ, भने शब्द , संगीत निरज रास्कोटीको रहेको छ ।

भिडियोको छायांकन गोपाल बिकेले गरेका छन्, भने निरज रास्कोटीकै निर्देशन र सम्पादन रहेको छ । भिडियोलार्इ हाइ नेपाल युटुव च्यानलमार्फत सार्बजनिक गरिएको छ । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका नेप्किङ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।