२१ बैशाख २०८१, शुक्रबार

घाइते महिलाको ८ लाख खर्च गरी हेलिकोप्टर चार्टरबाट उद्वार


हुम्ला । हुम्लाका एक महिलाको उपचारका लागि ८ लाख रुपैयाँ खर्च गरेर उद्दार गरिएको छ । घरको छतबाट लडेर घाइते भएकी नाम्खा गाउँपालिका–५ मुच तुम्कोटकी ५५ वर्षीया छिरिङ तामाङको उपचारका लािग ८ लाखमा खर्च गरेर हेलिकप्टरबाट उद्दार गरिएको हो ।

गाईवस्तुलाई घाँस लिन घरको छतमा गएकी उनी लडेर सख्त घाइते भएकी थिइन् ।

तीनदेखि उपचार नपाएर छटपटाएकी तामाङलाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

महँगो रकम तिरेर नाम्खा गाउँपालिका– ५ मुचु तुमकोटबाट उपचार काठमाडौं लगिएको उनका श्रीमान तन्जन तामाङले बताए ।