२१ बैशाख २०८१, शुक्रबार

सदरमुकाम मान्ममा खानेपानीको अभाव तरुणले गरायो ध्यानआकर्षण


कालीकोटः सदरमुकाम मान्ममा उचित वितरण प्रणाली नहुँदा खानेपानीको अभाव भएको छ । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेको कारण पानीको अभाव भएको स्थानीय बताउँछन् ।
खानेपानीको अभाव हुदाँ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको नागरिकको भनाई छ । धारामा नियमित रुपमा पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको हाँहाकार भएको छ । जिल्लाकै मुटुका रुपमा रहेको सदरमुकाममा नै खानेपानीको अभाव भए पछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सम्बन्धित निकायको ध्यानआकर्षण गराएको छ ।


नेपाल तरुण दलका सचिवको दमनराज शाहीको नेतृत्वमा गएको तरुण टोलिले खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीको ध्यानआकर्षण गराएका हुन् । अध्यक्ष शाहीले मान्ममा खानेपानीको अभाव भएको स्विकार गरे । उनले खानेपानीलाई नियमित बनाउनका लागि खानेपानीको ठेक्का लगेका ठेकेदारलाई बोलाएर समस्या समाधान गर्ने बताएका छन् ।
यता तरुण सचिव दमनराज शाहीले भने ‘नागरिकको समस्या लिएर गएका थिर्यौ, अध्यक्षले तत्काल पानीको समस्या समाधान गर्ने बचन दिनुभएको छ ।’