१५ बैशाख २०८१, शनिबार

रुकुम कारागारमा कैद जीवन बिताइरहेका ४ जनालाई आममाफी


रुकुम पश्चिम । रुकुम पश्चिमको कारागारमा कैद जीवन विताइरहेका ४ जनाले आममाफी पाएका छन ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रुकुम कारागारमा रहेका ४ जनालाई आममाफी दिएकि हुन

आममाफी पाउनेहरुमा सिस्ने गाउँपालिका– ४ रुकुम पूर्वका अविनाश खड्का, पुथा गाउँपालिका– १० रुकुम पूर्वका भनिने भन्ने बोबी घर्ति, मुसिकोट नगरपालिका–२ का रुकुम पश्चिमका राजु परियार र मुसिकोट नगरपालिका– ११ रुकुम पश्चिमका कुलप्रसाद भनिने बलविर ओली रहेको कारागार कार्यालय रुकुमका निमित्त प्रमुख अगबिर घर्तिले बताए ।
आममाफी पाउनेहरुमामा चोरी, ज्यान मार्ने उद्योग, आगलागी मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रहेका छन ।