आवश्यकता धेरै हुँदा केही काम गर्न बाँकी रहेका छन्ः नरहरिनाथ गाउँपालिका उपाध्यक्ष बुढा


कालीकोटको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष रहेकी मनशोभा बुढा (आशा) बिसं. २०४२ साल माघ ५ गते साविकको कुमालगाउँ गाविसको वडा नं.८ (हाल नरहरिनाथ गाउँपालिका–३) मा जन्मिएकी हुन् । बुबा अम्मरे बुढा र आमा गोरे बुढाको कोखमा जन्मिएकी उनका ६ दाजुभाई रहेका छन् । बिएडसम्मको अध्यायन गरेकी बुढाले २०५२ साल फागुन १ गतेबाट नेपाल कम्यूनिष्ट पार्टी माओवादीको नेतृत्वमा सञ्चालन भएको जनयुद्ध सामेल भएकी थिइन् । विसं.२०५४ सालमा रमा माध्यमिक विद्यालय कालाशिल्ला, कुमालगाउँमा अनेरास्ववियु (क्रान्तिकारी)को इकाई समिति सचिव विस.२०५७ जेठ २ गतेबाट पूर्णकालिन सदस्य भई भूमिगत भएकी थिइन् । २०५७ साल कार्तिकमा अनेरास्ववियु (क्रान्तिकारी)को कालीकोट जिल्ला कमिटी सदस्य र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एरिया कमिटी सदस्य, २०५८ फागुनमा अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी कोषाध्यक्ष, २०५९ कार्तिकमा अनेरास्वियु (क्रान्तिकारी) को जिल्ला उपाध्यक्ष र अनेरास्ववियु (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समिति सदस्य, सेती महाकाली छात्रा विभाग सदस्य, २०६० सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी कालिकोट जिल्ला कमिटी सदस्य २०६१ सालमा अनेम संघ ९क्रान्तिकारी) कालीकोट अध्यक्ष २०६६ सालमा अ.ने.म. संघ (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य, स्थानीय शान्ति समिति कालीकोट सदस्य र दुर्गम क्षेत्र विकास समितिको सदस्यमा समेत रहेकी छन् ।
२०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट २२४९ मतसहित नरहरिनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी बुढा माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटी अध्यक्षसमेत रहेकी बुढासँग ईकर्णालीपाटीका लागि कृष्णराज धमलाले गरेको कुराकानीको सारसंक्षेप:
स्थानीय तहमा उम्मेदवार बन्दै गर्दा गरिएको प्रतिबद्धता कति पुरा भए ? प्रतिबद्धता अनुसार के-के काम गर्न सकिएन ?

स्थानीय तहमा उम्मेदवार बन्दै गर्दा गरिएको प्रतिबद्धता कति पुरा भए ? प्रतिबद्धता अनुसार के के काम गर्न सकिएन ?
स्थानीय तहमा उम्मेदवार बन्दै गर्दा हामीले गरेका प्रतिवद्धता धैरेसम्म पुरा भएका छन् । केही योजनाहरु पुरा हुने प्रक्रियामा रहेका छन् । निर्वाचनको समयमा गरेका प्रतिवद्धता अनुसार नरहरिनाथ गाउँपालिका सडक सञ्जालबाट टाढा रहेको पालिका हुँदा, सडकलाई पहिलो प्राथमिकता दिने हाम्रो प्रतिवद्धता अनुसार यस गाउँपालिकाको वडा नं. ४ र ७ बाहेक यस गाउँपालिकाका अन्य वडाहरुमा सडक सञ्जाल जोड्न सफल भएका छौं । शैक्षिक गुणस्तरमा बृद्धि गर्नका लागि शैक्षिक क्षेत्रमा रहेको शिक्षक, विद्यार्थीमा विद्यालयमा देखिने अनियमिता, शैक्षिक क्षेत्रमा देखिने बिकृती र विसंगती अन्त्य गर्ने कुरामा सुधार गरेका छा्रैं । विगतका दिनहरुमा विद्यालयका भौतिक संरचना भवन, फिल्ड, शौचालय, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका क्षेत्रमा रहेको अभाव र विद्यालय क्षेत्रमा अभाव भएका शैक्षिक सामाग्री परिपूर्ति र व्यवस्थापन गर्न सफल भएका छौं । यस पालिकामा रहेका समाुदायिक विद्यालयहरुमा विद्यार्थीको विद्यालयको पहुँचभन्दा टाढा रहेका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयको पँहुचमा पु¥याउन सफल भएका छौं । विद्यालयमा विद्यार्थीको अनुपातलाई मध्यनजर गरि गाउँपालिकाले पालिका भित्रका विद्यालयमा १२८ जना अनुदान शिक्षकको व्यवस्था गरी विद्यालयमा पठनपाठन कार्यलाई थप व्यवस्थित गर्न सफल भएका छौं । विगतका दिनमा स्वास्थ्य क्षेत्रमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सन्दर्भमा देखिएका समस्या र जटिलतालाई मध्यनजर गरि गाउँपािलका सेवा क्षेत्रभित्रका प्रत्येक नागरिकहरुलाई निःशुल्क र सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्य भएको छ । भौगोलिक अवस्थालाई मध्यनजर गरि यस पालिका भित्रका सम्पूर्ण वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गर्नुका साथै वडागत रुपमा पनि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका भूगोलहरुमा समाुदायिक स्वास्थ्य इकाईको व्यवस्था गरि स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्न सफल भएका छौं । यस गाउँपालिकामा रहेको खानेपानीको संकट व्यवस्थापन गर्नका लागि प्रत्येक घरधुरीमा एक घर एक धाराको निर्माण गर्ने कार्य भएको छ । यस गाउँपालिकाको ४३९२ घरधुरी मध्ये ३००० घरधुरीमा एक घर एक धाराको निर्माण कार्य सम्पन्न भई नागरिकहरुलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने, गाउँपालिका सफल भएको छ । गाउँपालिकाभित्र रहेको उर्वरा भूमि÷कृषि क्षेत्रलाई मध्यनजर गरि सिंचाई कुलो र सिंचाई पोखरीहरुको निर्माण कार्य गरि कृषि उत्पादनमा जोड दिईएको छ । यस गाउँपालिकालाई उज्यालो गाउँपालिका घोेषणा गर्नका लागि यस गाउँपालिकाका ४३९२ घरधुरीलाई सोलार वितरण गरिएको छ । यस गाउँपालिकालाई विद्युत प्रसारणको पहुँचमा ल्याउनका लागि धाँचुखोला जलविद्युत आयोजनाको प्रि सर्भे, डिपिआर, डिइडी, टिआरसी पास भईसकेको र यसलाई तत्काल कार्यान्वयनमा ल्याउने तयारी भईरहेको छ भने उक्त वडामै रहेको उच्छवखोला जलविद्युत आयोजनाको विद्युत प्रसारण लाईन वडा नं. ७ को पुरै वडामा विद्युतीकरण गर्ने कार्य सम्पन्न भएको छ भने उक्त विद्युत गाउँपालिकाको केन्द्रसम्म जडान भई विद्युत संचालनमा आईरहेको छ । अन्त्यमा हामीले काम गर्ने शिलशिलामा ५ वर्षे कार्यकालमा बजेटको सिमित स्रोत र जन आवश्यकता धेरै हुँदा केही काम गर्न बाँकी रहेका छन् । आगामि दिनमा उक्त बाँकी रहेका कामहरुलाई पहिलो प्राथमितामा राखी काम गर्नुपर्ने देखिन्छ ।

तपाईको कार्यकालमा गरिएका नमूना कामहरु के के हुन् ? जसले गर्दा नागरिकहरुले आगामी दिनमा पनि तपाईलाई सम्झिरहने छन् ?
यस नरहरिनाथ गाउँपालिकामा हामी निर्वाचित भईसकेपछि शुन्यतामा रहेको विकासका कार्यलाई पहिलो प्राथमिकता दिई जे–जति काम भएका छन् उक्त कामहरु नरहरिनाथ गाउँपालिका भित्र रहेका सबै नागरिक र प्रतिनीधिहरुका लागि नमूना स्मरण योग्य कामहरु नै हुन र सबैभन्दा देखिनयोग्य नमूना काम भनेको मिति २०७७ साउन १३ गतेका दिन आएको अविरल वर्षाका कारण यस गाउँपालिमा भएको मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गरि वडा नं. ४ र ७ का १५१ घरधुरीलाई गाउँपालिकाको पहल तथा समन्वय र कर्णाली प्रदेश सरकारको विशेष सहयोगमा एकीकृत नमूना बस्ती निर्माण गरि व्यवस्थापन गर्न सफल भएका छौं ।

सडक सञ्जालको विकासका नाममा डोजर आतंक चल्यो अनि बाढी, पहिरो निम्तियो भन्ने जन गुनासो बढी आउने गरेको छ । यो बिषयमा तपाई के भन्नु हुन्छ ?
विकास निर्माणको कार्य गरिरहँदा सम्भवत समुदायस्तरबाट नै विकासका कार्यहरु गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो र तै पनि यस नरहिरनाथ गाउँपालिकाको भौगलिक विकटता र कडा चट्टान भएको स्थानमा मजदुरबाट मात्र काम गराउन गाह्रो भएको हुँदा सो स्थानहरुमा स्काभेटरबाट कडा चट्टान फोडेर सडक निर्माण कार्य गर्न सम्भव रहेको छ । त्यस्तो स्थानहरुमा मात्र डोजरको प्रयोग भई सडक निर्माण कार्य भएको छ भने, बाँकी स्थानहरुमा मजदुरहरुबाट सम्भव हुने स्थानमा स्थानीय मजदुरबाट सडक निर्माणको कार्य भएको छ ।
तपाईको कार्यकालमा तपाईका आसेपासे र आफन्तहरुको हितमा मात्रै योजना बितरण गर्नु भयो भन्ने जनगुनासो रहेको छ ? कति सत्यता छ ?
स्थानीय निर्वाचन भए पश्चातः यस गाउँपालिका भित्र जे–जति विकास निर्माण कार्यहरु भएका छन् । सो योजनाहरु गाउँसभाबाट पास भएपछि वडा कार्यालयका पदाधिकारीहरुको रोहवर÷उपस्थितिमा सार्वजनिक भेला गरि समिति गठन गरि योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढ्ने गरेको छ । विधिसम्वत र नियमसंगत आवश्यकताको आधारमा टोल र बस्तीस्तरबाट छनोट भई आएका योगजनाहरुलाई गाउँसभाले पास गरि उक्त योजनाहरु वितरण भएका छन् । यसमा आसेपासे र आफन्तहरुलाई प्राथमिकता दिएको छैन् । यसमा नागरिकको गुनासोभन्दा पनि केही व्यक्तिको जनतामा भ्रमि त गर्ने झुठो कु–प्रचार हो र यसमा कुनै सत्यता नरहेको जानकारी गरिन्छ ।
के गर्ने योजना थियो जुन चाहेर पनि पुरा गर्न सक्नुभएन, त्यस्तो केही छ ?
यस गाउँपालिकाको पहिलो आवश्यकता पूर्वाधार निर्माण सम्बन्धी रहेको हुँदा सो क्षेत्रलाई हामीले पहिलो प्राथमिकता दियौं संघीय सरकार र प्रदेश सरकारले दिएको सिमित अनुदान रकमले हामीले यूवा, महिला दलित कृषक र विपन्न समुदायको आर्थिक अवस्थामा सुधार गर्न केही जिविकोपार्जन र आयआर्जन सम्बन्धीका क्रियाकलापहरु गरेतापनि, कुनै काम चाहादा चाहदै पनि यस पालिकामा बजेटको अभावका कारण प्रत्येक महिलाहरुलाई आर्थिक हिसाबले आत्मनिर्भर बन्ने बेरोजगार यूवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने स्थानीय तहमा उत्पादन भएको कच्चा पदार्थलाई सहि सदुपयोग र त्यसबाट स–साना उद्योगहरु स्थापना गरि यस पालिकाका नागरिकहरुलाई उद्यमी बनाउनमा केही अपुगता रहेको महशुस भएको छ । अब आगामी आउने निर्वाचनमा निर्वाचित सरकारले यस विषयमा विशेष ध्यान दिनेछ भन्नेमा मेरो व्यक्तिगत रुपमा पूर्ण विश्वास रहेको छ ।

तपाईलाई कार्यकाल अबधिमा अन्य दल र सरोकारवालाहरुबाट कत्तिको सहयोग मिल्यो ?

हाम्रो कार्यकालमा स्थानीय तहमा रहेका राजनैतिक दल बुद्धिजीवि र आम समुदायको राम्रो सहयोग रह्यो । जसले गर्दा राज्यबाट प्राप्त सिमित बजेटको स्रोतलाई सही तवरले परिचालन गरि हामी नरहरिनाथ गाउँपालिकामा विकासको मुहार फेर्न सफल भएका छौं ।

तपाई न्यायिक समितिको संयोजक पनि कस्ता कस्ता खालका मुद्धा आउने गर्छन र त्यसलाई कसरी न्यायिक निरुपण गर्नुहुन्छ ?
न्यायिक समितिमा अदालती कार्यविधि घुसाएर अप्ठ्यारो बनाउनु हुँदैन । यो समिति अदालत होइन । विवाद समाधानमा मेलमिलापको कार्यप्रणाली अपनाउने एक समिति मात्र हो । न्यायिक समितिले फैसला गर्दैन, सामूहिक निर्णय मात्रै गर्छ । स्थानीय तहमा उत्पन्न भएको विवादको निरूपण पक्षहरुका बीचमासँगै चौतारीमा बसेर हार वा जीतको अवस्था सिर्जना दुवै पक्षले जितेको महसुस हुने किसिमको परिणाम आउने तरिकाबाट विवादको निरुपण गर्ने संयन्त्र न्यायिक समिति हो ।
हालसम्म हाम्रोमा जग्गा विवाद, घरायसी झगडा लगाएतका मुद्धा आउने गरेका छन् । हामीले मिलाउन मिल्ने यही निरुपण गर्ने गरेका छौं भने सरकारवादी मुद्धालाई प्रहरी वा अदालतमा पठाउने गरेका छौं । हालसम्म हाम्रो गाउँपालिकाको न्यायिक समितिमा १७१ वटा मुद्धा परेका थिए । हामीले ६० मुद्धा न्यायिक समिति फैसला गरेका छ भने अन्य अदालत र प्रहरीको पठाएका छौं ।

आगामी योजना के छ ? तपाई पुनः यही पदका लागि इच्छुक हुनुहुन्छ या अन्य यात्रा रोज्नुहुन्छ ?

वाल्यकालको १४ वर्षकै उमेरमा राजनीतिक क्षेत्रमा लागेर समाजसेवा गरेको हँुदा मेरो आगामी योजना राजनीतिक गरेर समाजसेवा गर्ने बाहेक अन्य सोच छैन् । आगामी दिनमा मेरो लागि यो वा त्यो पदभन्दा पनि पार्टीले मूल्याङ्ककन गरि पार्टीको निर्णय पहिलो हो भने दोस्रो कुरा जनताको सहयोग र समर्थन हो यी दुवै कुराको संयोजन भएमा जुनसुकै पदमा रहेर काम गर्न सकिनेछ भन्ने मेरो सोचार्ई रहेको छ ।