४ जेष्ठ २०८१, शुक्रबार

कालिकोटका व्यापारीको सुर्खेतमा शंकास्पद मृत्युः प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप


सुर्खेत । सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीया मिन हमालको शंकास्पद मृत्यु भएको हो ।
नेपालगञ्जबाट शुक्रबार बेलुका मालबाहक ट्रकमा व्यापारी हमालले कालिकोट जादैँ गरेको सुर्खेत वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा उनलाई सामान बढी हालेको बिषयमा वादविवाद भएको र त्यही क्रममा प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् ।
नेपालगञ्ज भे १ क ९२२ नम्बरको व्यापारिक सामान ल्याएर आएका उनलाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।
मृत्तकका अंकल कलमबहादुर हमालले गाडीका दुई जना स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेको हमालले यसो नगर्न भनेपछि उनीमाथि प्रहरी जाइलागेको आरोप लगाए ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो ।’ उनले भने,‘उनीहरु प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ ।’
मृतकको शव सुर्खेत हस्पिटलमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेरको हमालको शंकास्पद मृत्युकाले छानविनको माग गरिएको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए ।
के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो ।’ उनले भने, ‘विस्तृत विवरण बुझ्दै छौं । अनुसन्धानपछि सवै खुल्नेछ ।’
हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आएका थिए ।