२३ बैशाख २०८१, आईतवार

कार्यकर्तालाई सडकमा पठाएर एमसीसी पास गरेकाले माओवादी छाडेँः विष्ट


सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

उनलाई आज सुर्खेत आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफुले पार्टी छोडेको विष्टले बताएका छन् ।