६ जेष्ठ २०८१, आईतवार

दैलेखको राकममा बिच भलिवल प्रतियोगीता हुने


कालीकोटः दैलेख जिल्लाको आठबीस नगरपालिकाले अवको ४५ दिनभित्रमा बिच भलिवल प्रतियोगीता गर्ने भएको छ ।
अन्तराष्ट्रिय स्तरमा खेलिने यो खेल कर्णाली प्रदेशमा भने पहिलो हुने छ । पर्यटकीय क्षेत्र भनेर चिनिने राकम कर्णालीमा अवको ४५ दिन भित्र खेलको उद्घाटन गरिने शुभ विहानी क्लबका अध्यक्ष रमेश थापा माझिले जानकारी दिए ।
अहिलेसम्म कर्णालीका कुनै पनि जिल्ला नभएको बिच भलिवल खेलका लागि राकम उपयुक्त ठाउँ भएकाले राकममा खेल सुरु गरिने आयोजक क्लवले जानकारी दिएको छ । आठबीस नगरपालिकाका सहयोगमा शुभविहानी क्लबले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।
बालुवाको मैदानमा २ जनाको २ वटा समूह बीच खेलिने एक प्रकारको खेल भएकाले राकममा प्रतियोगीता गर्न लागेको आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए । उनले प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख, दृत्तिय हुनेलाई ५० हजार तृतिय हुनेलाई २५ हजार र सान्तवना २ टिमलाई १५÷१५ हजार पुरस्कार राशी रहेको जनाए ।
कर्णाली प्रदेशमा १० जिल्ला भएकाले जिल्लाबाट १ टिमका दरले १० टिमले भाग लिने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।