१९ बैशाख २०८१, बुधबार

जबर्जस्ती करणीको प्रयास गर्ने एक युवक पक्राउ


सुर्खेत । रुकुम पश्चिममा जबर्जस्ती करणीको प्रयास गर्ने एक युवक पक्राउ परेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १ खलंगामा जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
मुसीकोट नगरपािलका–१ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुलनजिकै एक महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने दाङको तुलसीपुर उपमहानगरपालिका– ४ का ३० वर्षीय रामबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ काम सकेर घर फर्कँदै गरेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा ओलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।