२ कार्तिक २०८१, शुक्रबार

तोली गाउँमा सुन्तला र कागतीका बिरुवा वितरण


अछाम । डिसिए नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) र लिवोर्डको प्रविधिक सहजीकरणमा सञ्चालित ग्रीन कर्णाली परियोजनाबाट पञ्चदेवल विनायक नगरपालिका– ६ तोली गाउँमा बिरुवा वितरण गरिएको छ ।
गाउँमा हरियालीसँगै नगदे बालीका रुपमा रहेको सुन्तला र कागतीका बिरुवा वितरण गरिएको वडा अध्यक्ष रावलले बताए । ‘तीन सय वटा कागतीका बिरुवा दुई सय वटा सुन्तलाका बिरुवा वितरण गरिएको छ ।’ उनले भने,‘अबको दिनमा तोली गाउँलार्ई नगरकै उत्कृष्ट वार्ड बनाउने लक्ष्य छ ।’
सोही वार्डका सदस्य सम्पत्ति विकले आफु कृषक प्राविधिक भएकाले अबको दिनमा आफ्नो वार्डको लागि सम्पूर्ण वार्डबासीको पक्षमा आफ्नो साथ रहेको बताए ।