१५ बैशाख २०८१, शनिबार

मत फेर्न सकेनौं भने पाँच वर्ष दुःख पाउँछौंः रवि लामिछाने


सुर्खेत ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यस पटक मत फेर्न नसके पाँ वर्ष फेरि दुःख पाइने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले स्वतन्त्र उम्मेदवार आउँछन आउँदैनन थाहा नभएको बताएका हुन् ।
स्वतन्त्र उम्मेदवार जित्नका लागि यस पटक सबैले मत फेर्नुपर्ने अध्यक्ष लामिछानेले बताए । ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को पाँच वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन् ।’ उनले भने,‘आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’
नागरिक दिने मत बाहेक अन्य कुरा भाग्य बदल्ने कुनै साधन नभएको अध्यक्ष लामिछानेको दाबी रहेको छ । ‘तपाईहरुको भाग्य बदल्ने कुनै अरु उपाय छैन् ।’ उनले भने,‘कर्णालीबासी नागरिकलाई आह्वान गर्छु । तपाईको भाग्य बदल्नका लागि अहिले मत बदल्नुहोस् ।’
ठुला दलबाट अहिले आफ्नो पार्टीीमा पद खोज्न आउनेलाई पार्टीमा प्रवेश नगराइने बताए । ‘कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको छ ।’ उनले भने,‘जो पद खोजेर आउँछ । त्यसलाई म पार्टीमा रहेसम्म प्रवेश गर्न दिन्न ।’