२२ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस सुर्खेतले ग¥यो संघ र प्रदेशसभा ११८ जना उम्मेदवार सिफारिस


सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले संघ र प्रदेशसभाका उम्मेदवारको नामावली सिफारिस गरेको छ । आगामी कार्तिक ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सिफारिस गरेको हो ।
दुई वटा संघीय निर्वाचन क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा उम्मेदवारका आंकाक्षी धेरै देखिएका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लामा पार्टीको आन्तरिक कलह मिलाउनका लागि संघ तथा प्रदेशसभामा धेरैको नाम सिफारिस गरिएको छ ।
उपसभापति खड्कालाई संघीय प्रतिनीधिसभाका लागि निर्वाचन क्षेत्र नं. १ उपसभापति खड्काको एकल उम्मेदवारी सिफारिसमा परेको छ ।
प्रतिनीधिसभा समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट प्रत्यक्षतर्फ चार जना समानुपातिकतर्फ नौ जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केशरबहादुर ओली, खड्कबहादुर पोखरेल, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंह ठकुरी रहेको छन् ।
समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्यक्ष पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंज्ञाली र शुशिला कार्कीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख बाट प्रत्यक्षतर्फ सात जनाको समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा प्रत्यक्षतर्फ अमृता शाही, भुपेन्द्रबहादुर चन्द, हरिप्रसाद शर्मा, लक्ष्मीदत्त पौडेल, मानबहादुर बुढा र ऋषिप्रसाद शर्मा रहेका छन् ।
समानुपातिकतर्फ झकबहादुर डाँगी, देवबहादुर चन्द, खगिसरा आचार्य, रेणु आचार्य ढकाल, कर्णबहादुर राना, हरिप्रसाद कँडेल, डण्डप्रसाद ढकाल, लितमति विक, टोपबहादुर दर्लामी, मनमाया आचार्य, ताराकेशर खड्का, नरबहादुर विक, प्रेमबहादुर विक, तिर्था वादी रहेका छन् ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र नं. २ प्रत्यक्षतर्फ पाँच जनाको सिफारिस गरेको छ भने समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पूर्णमन्त्री हृदयराम थानी, श्याम भारती, टि.एन. योगी, निरञ्जन केसी, कमलबहादुर खत्रीको नाम सिफारिस गरेको छ ।
प्रतिनीधिसभा समानुपातिकतर्फ शिवराज जोशी, जानकी सिंह, गोविन्दबहादुर मल्ल, यज्ञ बिसी, धर्मराज गिरी, लोकबहादुर विश्वकर्मा, तिर्थजंग शाही, साधना घिमिरे, प्रेमप्रकाश खड्का, डम्बरदेवी उपाध्याय, यमुना सापकोटा, लालबहादुर चौधरी, हिक्मत ओली र धनादेवी विष्ट रहेको छन् ।
प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र क बाट प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा प्रत्यक्षतर्फ गोविन्द कोइराला, काली शाक्य, कमल रेग्मी, तीर्थ शाही, बालदीप कँडेल, नारायण सापकोटा, हरि बिष्ट, देबकुमार सुबेदी, कर्ण बुढा रहेका छन् । समानुपातिकतर्फ २४ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेससका जिल्ला सभापति खड्क पोरखेलले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा २ मा प्रदेशसभा उम्मेदवारमा पाँच जनाको र समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ यज्ञबहादुर बिसी, टोपबहादुर रावत, उपेन्द्रबहादुर थापा, इन्द्रबहादुर रावल र किर्तिराज जोशीको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा ख समानुपातिकतर्फ धनादेवी बिष्ट, कमलबहादुर खत्री, कलाधर सापकोटा, गोर्खे कामी, छविलाल सिग्देल, डिल्लीराम पाठक, चन्द्रप्रसाद सापकोटा, शोभाकुमारी शर्मा, पूर्णबहादुर राना, तिलक मर्साङ्गी, अमृता सुनार, डम्बरदेवी उपाध्याय, नेत्रबहादुर शाही, अम्मरबहादर दानी, मोहनसिंह थापा, भक्तिप्रसाद पौडेल, रम्माकुमारी बिसी, निर्मला सापकोटा, नपनसिंह भण्डारी, चन्द्रा यादव, भिष्मराज हमाल, धर्मराज गिरी, हिम्मत ओली, यामलाल कँडेल, रामप्रसाद तिमिल्सेनाको नाम रिफारिस गरिएको छ ।