२१ बैशाख २०८१, शुक्रबार

महिनावारी स्वास्थ्य क्षमता विकास तालिम सुरु


कालीकोटः मान्ममा सस्कृति, सम्वाद, समन्वय र संचार केन्द्रित महिनावारी स्वास्थ्य क्षमता विकास तालिम खाडाचक्रमा सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा पेस नेपाल जुम्लाको आयोजनामा तालिम सुरु भएको छ । महिनावारी समुहका किशोरीहरुलाई मर्यादित महिनावारीका विषयमा तालिम सुरु भएको हो । पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेको अध्यक्षता नरहरिनाथ गाउँपालिकाका प्रमुख नगेन्द्रबहादुर विष्टको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा संचालन भएको खानेपानी सरसफाई स्वच्छता उत्थानशिल परियोजना अन्तरगत ४ दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै नरहरिनाथ गाउँपालिकाका प्रमुख विष्टले महिनावारी विभेद जल्दोबल्दो अवस्थामा रहेकाले पेस नेपाल जुम्लाले थालेको मर्यादित महिनावारी अभियानमा गाउँपालिका साथ दिने बताए ।
त्यस्तै कार्यक्रममा पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले मर्यादित महिनावारी समुहका किशोरीहरु, युवाक्लव र बालक्लवलाई शसक्त गराई समुदायमा रहेको महिनावारी विभेद र परम्परागत महिनावारी व्यवहारलाई परिवर्तन गर्दै स्वच्छता सहितको मर्यादित महिनावारी अभियान थाल्न संस्थाले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । उनले स्थानीय तहसंगको साझेदारीमा थप क्रियाकलापहरु संचालन गर्ने बताए ।
तालिमको प्रशिक्षक, मदन पुरस्कार विजेता एवं सामाजिक अभियान्ता राधा पौड्यालले अहिले पनि किशोरीहरु मर्यादित महिनावारी अभियानमा सहभागि नहुने बताइन् । उनले अहिले मर्यादित महिनावारीलाई देश व्यापी बनाउन आफु लागि परेको भन्दै तालिममा सहभागि भएका किशोरीहरुले सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताइन् ।
तालिमको सहजिकरण राधा पौड्याल र खानेपानी सरसफाई स्वच्छता उत्थानशिल परियोजनाका परियोजना अधिृकत शंकर प्रसाद उपाध्याले गर्ने भएका छन् । तालिममा जिल्लाको नरहरिनाथ गाउँपालिकाका १९ जना किशोरीहरुको सहभागिता रहेको छ ।