२२ बैशाख २०८१, शनिबार

एक दिने सिकाई आदान प्रदान कार्यशाला गोष्ठि सम्पन्न


कालीकोटः सुशासनमा सवलिकरणका लागि एक दिने सिकाई आदान प्रदान कार्यशाला गोष्ठि मान्ममा सम्पन्न भएको छ ।
सहकर्मी समाजबाट संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । स्थानीय तहलाई कसरी सुशासनमैत्री बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ गोष्ठिको आयोजना गरिएको हो । विगत लामो समयदेखि जिल्लाको खाडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सुशासनका क्षेत्रमा काम गर्दै आएको सहकर्मी समाजले कार्यक्षेत्रका नागरिकमा भएको परिवर्तनका विषयमा पनि छलफल गरिएको थियो ।
गोष्ठिमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टको उपस्थिति समेत रहेको थियो । गोष्ठिको सहजिकरण सुशासनमा नागरिक सहभागिता कार्यक्रमका संयोजक चेतराज भट्टले गरेका थिए ।