२३ बैशाख २०८१, आईतवार

मतगणना ढिला भएको भन्दै तोडफोड


सुर्खेत । नेकपा(एमाले)को कर्णाली प्रदेश अधिवेशनमा मतगणनामा ढिला भएको भन्दै एमाले कार्यक्रताले मतगणना भइरहेको सिटी हलमा तोडफोड गरेका छन् । दिउँसो एक बजेबाट भएको मतगणनामा ढिला भएको भन्दै एमालेको एउटा समूहले तोडफोड गरेका हुन् ।
एमालेको चालु अधिवेशनमा प्रदेश अध्यक्षमा मीनबहादुर शाही र गुलावजंग शाहले प्यानल बनाएर निर्वाचनमा होमिएका छन् भने प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवार हुन् ।