२३ बैशाख २०८१, आईतवार

बाटो र दुरीको समस्याको समस्या कारणले पनि बिरामीले भने अनुसारको उपचार पाउन नसक्नु समस्याः डा. संकेत विश्वकर्मा


कोहलपुर २ बाँके स्थायी घर भएका डा.संकेत विश्वकर्मा हाल स्वास्थ्य सेवा व्यवस्थापक, स्वास्थ्य सेवा कार्यालय कालिकोटमा कार्यरत रहेका छन् । भेरी अस्पतालमा आइसियु र इमरजेन्सी विभागमा काम गरेको अनुभव भएका डा.विश्वकर्माले सल्यान अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम गरेको छन् भने बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गत बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको रुपमा काम गरेको गरेका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पनि छाटो अवधिमा सेवा गर्ने मौका पाएका विश्वकर्मासँग गरेको कुराकानीको सारसंक्षेप ।
जिल्ला अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
जनशक्तिका हिसावले ४४ जनाको स्थायी दरबन्दीमा २६ जना स्थायी पुर्ति भएको छ । दरबन्दी करार मार्फत ८ जना कार्यरत रहेका छन भने १० जनाको दरबन्दी रिक्त छ । त्यसै गरी विकास समिति, विशेषज्ञ सेवा लगायत एनएसआईमार्फत पनि करारमा कर्मचारी नियुक्त गरी कामकाजमा लगाइएको छ ।
भौतिक पुर्वाधार हिसाबले जनस्वास्थ्य तर्फको प्रशासनिक भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको छ । अस्पतालको नयाँ भवन हालको मापदण्ड अनुरुप नभएको र नयाँ भवन तयारी हुने अवस्था रहेको छ ।
स्टाफ क्वार्टर पनि २ वटा भत्काएर नयाँ बन्दै गरेको अवस्थामा रहेको छ ।
तपाईले यहाँबाट कुनकुन सेवा प्रवाह गरिरहनु भएको छ ?
हामीले २४ घण्टा इमरजेन्सी सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा सञ्चालन गरेका छौं । प्रसुति (सिजारियन अपरेसनको सेवा) र सुरक्षित गर्भपतन (पहिलो त्रैमासिक तचष्mभकतभच), परिवार नियोजनका साधनको सेवाहरु, एमडिजिपी विशेषज्ञद्धारा दिइने सेवाहरु, बाल रोगको सेवा, पोसिलो पिठो,क्षयरोग कुष्ठरोग कालाजार डेंगु जस्ता रोग सम्बन्धि सेवा, २४ घण्टा ल्याब, फार्मेसी (सशुल्क र निशुल्क दुवै), एक्सरे सेवा, भिडियो एक्सरे सेवा, स्वास्थ्य विमाको सेवा,एकद्धार संकट व्वस्थापन केन्द्र, सामाजिक सेवा एकाइ मार्फत दिइने सेवा, २४ घण्टा एम्बुलेन्स सेवा र पोस्टमार्टमको सेवा दिइरहेका छौं ।
जिल्ला अस्पतालमा सेवा लिन आउने कस्ता खालका बिरामी रहेका छन् ? 
सर्ने खालका रोग भएका बिरामी र नसर्ने खालका रोग भएका बिरामी दुवै खाले बिरामी आउने गरेका छन ।
बहिरङ्ग सेवामा धेरै जस्तो ग्यासट्राइटिस (ब्एम्), दम रोग, मधुमेह, उच्च रक्तचाप जस्ता बिरामीको चाप बढी हुन्छ । हाल बालबालिकामा भाइरल ज्वरो निमोनिया जस्ता समस्या देखा परेका छन । मानसिक रोगका समस्या पनि बढी रहेको अवस्थामा पाइन्छ ।
सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्नु भएको छ ?
हामीसँग जनशक्ति र भवन अभावका बाबजुत हाम्रो टिमले छिटोछरितो सेवा दिने कोशिस गरेको छ । हामीले बिरामी जाँचका लागि विहान राउन्ड ८ बजे पछि हुन्छ । बहिरङ्ग सेवा दिउँसो १० देखि विरामी नसकिएसम्म दिइन्छ । दिनमा ४–५ वटा चिकित्सकद्धारा सेवा प्रदान गरिन्छ । त्यसै गरी इमरजेन्सीमा दिनमा २ जना पारामेडिकद्धारा सेवा दिइन्छ ।
बाल रोग सम्बन्धि १ जना फरक जनशक्तिले सेवा दिनुहुन्छ । नर्सिङ्ग तर्फ १–२ जनाले गर्भवती जाँच गर्नुहुन्छ भने २–२ जनाले सिफ्टमा ड्यूटी गर्नुहुन्छ ।
त्यसैगरी बेलुका फेरी राउन्ड चिकित्सकले बिरामी हेर्ने गर्नु भएको छ ।
तपाईले सेवा दिन नसक्नु भएको के हो जस्तो लाग्छ ?
हामीले सेवाग्राहीलाई दिन दिन नसकिएका सेवा भौगोलिक विकटता, उपकरणका अभाव,  भवन अभाव, र विशेषज्ञ चिकित्सक अभावका जस्ता कारणले सोचे अनुसारको सेवा दिन सकिरहेका छैनौं ।
हाललाई हाडजोर्नीको अपरेसन सेवा दिन नसकेको अवस्था छ । त्यसै गरी थाइराइड जस्तो महत्वपूर्ण जाँच पनि भवन र जनशक्ति अभावका कारण दिन नसकेको अवस्था छ ।
विभिन्न मुटु रोगका बिरामी, टाउकोको गम्भीर चोटका बिरामी आदिलाई पनि ठूलो अस्पतामा रिफर गर्नु पर्ने अवस्था छ । यी सेवा हामीले दिन नसकेको अवस्था रहेको छ ।
दुर्गम जिल्लामा रहेर स्वास्थ्य सेवा दिँदाका समस्या के पाउनु भएको छ ?
ईच्छा शक्ति भएता पनि बजेट जनशक्ति अभाव र उपकरणमा अभावले भने अनुसार सेवा दिन नपाउँदा र बाहिर रिफर गर्नुपर्ने अवस्था रहेको छ । यो एउटा दुर्गमको जिल्लाको समस्या हो ।
रिफर गर्दा पनि बाटो र दुरीको समस्याको समस्या कारणले पनि बिरामीले भने अनुसारको उपचार पाउन नसक्नु समस्या रहेको छ । .
स्थानीय तह र प्रदेश सरकारसँग कस्तो समन्वय गरिरहनु भएको छ ?
हामीले तिनै तहका सरकारसँगको सम्बन्ध राम्रो रहेको छ । प्रदेशले विभिन्न निर्देशन दिइरहेको अवस्था छ । स्थानिय निकायसँग विभिन्न कार्यक्रम, तालिम, औषधी–उपकरण व्यवस्थापनमा सहकार्य हुने गरेको छ ।
अस्पतालको सुधारका भावी योजना के रहेका छन् ?
सबैभन्दा पहिला नयाँ भवनमा हस्तान्तरण पश्चात सर्ने योजना बनाएका छौं । न्यूनतम सेवा मापदण्डका आधारमा सेवा विस्तार गर्ने योजना रहेको छ । सुरु गर्ने योजना बनाएका छौं ।
अबका दिनमा नियुक्ति गरी थाइराइड र कल्चर जस्ता ल्याब सेवा विस्तार गर्ने योजना रहेको छ । यी सेवा जिल्ला अस्पतालबाट चाडै दिन व्यवस्थामा मिलाउन लागेका छौं ।
प्रदेशसँग सहकार्य गरी हाडजोर्नी विशेषज्ञद्धारा सेवा सुचारु गर्ने, दुर चिकित्सा सेवालाई थप प्रभावकारी बनाउने योजना रहेको छ ।
यहाँ सर्पदश उपचार सेवाको अभावले सर्पले डसेमा बाहिर रिफर गर्नु पर्ने अवस्था रहेको छ । त्यसलाई यहीबाट सेवा दिनका लागि सर्पदंश सेवा केन्द्रको रुपमा विस्तार गर्ने योजना रहेको छ ।