२३ बैशाख २०८१, आईतवार

कलाकार कल्याणकारी कोष स्थापना


सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानले ५ औं वार्षिक साधरणसभाको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापना गरेको हो ।

कलाकारहरुको जीवन अप्ठ्यारो परिस्थितिमा साहाराको रुपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका अध्यक्ष हरिमाया कार्कीले बताइन् । ‘कलाकार कल्याणकारी कोषमा अहिले रु. २ लाख २० हजार रुपैयाँ छ ।’ उनले भनिन्,‘कोषमा थप रकम जम्मा गर्दै लैजाने योजना रहेको छ ।’

कलाकार कल्याणकारी कोषले ठूलो आकार लिने प्रतिष्ठानका सल्लाहकार कृष्णराज धमालले बताए । ‘कलाकार कल्याणकारी कोष स्थापना भएसँगै भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्नेछ ।’ उनले भने, ‘यो कोषलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ ।