२३ बैशाख २०८१, आईतवार

मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण


वीरेन्द्रनगर । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा ३४ वटा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन भएको निःशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण शिविरमार्फत ३४ कुकुरको बन्ध्याकरण गरिएको हो ।

शिविरमा एक सय ११ वटा कुकुरलाई निःशुल्क रूपमा रेबिज विरुद्धको खोप दिइएको मुसिकोट नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक शिवराज महताराले जानकारी दिए । ‘रेबिज नियन्त्रण र सामुदायिक कुकुरको सङ्ख्या घटाउने उद्देश्यले सप्ताहव्यापी शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘यसबाट रेविज रोग नियन्त्रणमा काम लाग्नेछ ।’