२३ बैशाख २०८१, आईतवार

ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्दै जुम्लाका अर्जुन


कालीकाेट: गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा कर्णालीबाट जुम्लाका अर्जुन सुनारले भाग लिएका छन् ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । उक्त अडिसनमा छनाेट भएका हुन् जुम्लाका अर्जुन सुनार ।


अर्जुनले ब्लाईन्ड अडिसन पार गरेका छन् । शुक्रबार भएकाे ब्लाईन्ड अडिसन पार गरि सुनारले अब ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । सानै उमेरदेखि गायन क्षेत्रमा रुचि भए पनि आफुले निरन्तरता दिन नसकेकाे अर्जुने बताए । उनले गायक बन्छु भन्ने उद्देश्य भएपनि आर्थिक अबस्थका कारण आफू कृषि प्राविधिक तर्फ लागेकाे बताए ।
उनले आफ्नाे जिविकाेपार्जनका लागि प्राविधिक लाईन राेज्नु परेकाे बताउछन् । सुनार अहिले कालीकाेट जिल्लाकाे तिलागुफा नगरपालिकामा नायव प्राविधिक सहायक स्तर चाैंथाेमा कार्यरत रहेका छन् ।
उनले आफ्नाे गायन बिधामा सहयाेग पुग्ने हेतृले सरकारी सेवामा प्रवेश गरेकाे समेत बताए । स्कुल पढ्दादेखि गायन बिधामा रुचि भएका सुनारले कर्णाली प्रदेशबाट एक रूपमा रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा छनाेट भई ब्लाईन्ड अडिसन पार गरेकाेमा खुसि ब्यक्त गरे ।


उनले ब्लाईन्ड राउड पार गरेपछि अब ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुम्लाकाे चन्दनाथ नगरपालिकामा-६ मा जन्मिएका सुनारले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा बिजयी गराउन कर्णालीबासीकाे साथ आबश्यक रहेकाले सबैले सहयाेग गर्न आग्रह गरे ।

याे सुन्नुस् ब्लाईन्ड राउन्डमा अर्जुन सुनारले प्रस्तुत गरेकाे उनकाे प्रस्तुति