२३ बैशाख २०८१, आईतवार

कर्णालीमा लागूऔषध बिरुद्ध लालटिन अभियान शुरु


सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध बिरुद्ध लालटिन अभियान शुरु भएको छ । प्रहरीले लागूऔषध बिरुद्ध लालटिन अभियान शुरु गरेको हो ।
अभियानको उद्घाटन गर्दै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषध विरुद्धको लालटिन अभियान सार्थता पाउने बताए । ‘लागूऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पु¥याइरहेको छ ।’ उनले भने,‘सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्ने अवस्था आएको छ ।’
सीमा नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका हुने उपप्रधानमन्त्री खड्काले बताए । ‘सीमाबाट हुने लागूऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्वपूर्ण भूमिका रहेको छ ।’ उनले भने,‘नागरिकहरु सचेत नभए अहिलेको अवस्थाबाट भोलीका दिनमा भयाभह अवस्था आउन सक्छ ।’
लागूऔषधको दुव्र्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख भीम ढकालले बताए । ‘उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको छ ।’ उनले भने,‘यसको नियन्त्रणका लागि प्रहरीले यो अभियान शुरु गरेको हो ।’
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८० का साथमा ‘लागूऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ