२४ बैशाख २०८१, सोमबार

दशैं मनाउन आएका युवा नदिमा खसेर बेपत्ता


कालीकाेट: तिला नदिमा खसेर २१ वर्षिय एक युवक बेपत्ता भएका छन्। कालिकोटको तिलागुफा नगरपालिका – ९ निवासि २१ वर्षिय अर्जुन उपाध्याय आईतवार काेहलपुर देखि दशै मनाउन जन्म घर चिलखाया जादैगर्दा राजमार्ग स्थित भैसिगाैँडा पुलकाे छेउ बाट चिप्लिएर बेपत्ता भएकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले खाेजि कार्य चलिरहेको तर फेला पर्न नसकेको जनाएको छ। नदि किनारमा पानि खाने क्रममा खुट्टा चिप्लिएर नदिमा खसेकाे हुन सक्ने अनुमान स्थानीयकाे छ। उक्त ठाउँमा पहिले पक्की पुल थियो ।

गत असाेजकाे बाढीले पुल बगाएपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
अहिले नदिमा स्थानीयले आवगमनकाे लागि काठको पुल बनाईएका छन् ।