४ जेष्ठ २०८१, शुक्रबार

भूकम्पपीडितका टहरामा निःशुल्क बत्ती जडान


रुकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ। भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो।
भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले बताए। आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए। आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ।