९ जेष्ठ २०८१, बुधबार

स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिप कर्णाली प्रदेशका खेलाडी जिते, दुई स्वर्ण एक रजत


सुर्खेत । भारतको हैदरावादमा सम्पन्न १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये कर्णाली प्रदेशले दुई स्वर्ण, र एक रजत पदक हात पारेको छ ।

हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडीयममा यहि पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालित स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा भाग लिन गएका खेलाडीहरुले सो पदकहरु जित्न सफल भएका हुन् ।

नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएशनको तर्फबाट कर्णाली प्रदेशबाट एक जना महिला, एक जना पुरुष खेलाडी सहभागी भएकोमा त्यसमध्ये सुर्खेतका अमृत रोकायाले एक स्वर्ण र एक रजत र भेरीगंगा नगरपालिका–७ का गौरी (खगी) घर्तिमगरले एक स्वर्ण पदक जितेको स्ट्रेन्थ लिफ्टिङ्ग संघका कर्णाली प्रदेशका कोषाध्यक्ष विन्दमान सार्कीले बताए ।

स्ट्रेन्थ लिफ्टिङ्गमा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म वजन समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि तिर्किस्थानमा भएको ९ औँ स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा नेपालका ३ जना खेलाडीले मात्र पदक जितेका थिए ।