१९ बैशाख २०८१, बुधबार

जाजरकोटमा तीन हजार सात सय २१ ले पाए पहिलो किस्ता


जाजरकोट। जाजरकोटमा अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा पहिलो किस्ता बापतको २५ हजार रुपियाँ निकासा भएको छ ।

भेरी नगरपालिकाले ४ हजार ५ सय ४९ लाभग्राही कायम गरेको छ । ४ सय ८४ परिवारसँग सम्झौता गरेर एक करोड २१ लाख रुपियाँ लाभग्राहीको खातामा निकासा दिएको छ ।

बारेकोटले ५५ सय ८६ लाभग्राही कायम गरिएका एक हजार ६५ परिवारलाई पहिलो किस्ताको दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको छ । कुशे गाउँपालिकाले ५२ सय ८७ लाभग्राही कायम गरेको छ ।

शिवालयले ३३ सय ९ लाभग्राही कायम गरी २१ सय ७२ परिवारको खातामा ५ करोड ४३ लाख अनुदान दिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म ९ करोड ३० लाख २५ हजार रुपियाँ पीडितको खातामा रकम गएको जानकारी दिए ।