६ जेष्ठ २०८१, आईतवार

घरमा आगलागी हुँदा ४१ लाख बढी क्षति


सुर्खेत । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाले जानकारी दिएका छन् ।

बुढाका अनुसार आगलागी राति साढे ११ बजेको समयमा भएको हो । आगलागीबाट धनमाल, लत्ता, कपडा, अन्न, गरगहनासहित ४१ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

गाउँले र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । घर जलेपछि २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ ।