८ जेष्ठ २०८१, मंगलवार

विद्युतकाे करेन्ट लाग्दा दुई जनाको मृत्यु


सुर्खेत । कालीकोटमा विद्युत्को करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ मा विद्युत्को करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
शनिबार बिहान करेन्ट नरहरिनाथ गाउँपालिका–८ लालुका ४३ वर्षीया केशवराज थापा र उनका भतिजा २७ वर्षीय गङ्गा थापाको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ ।
विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सवलाइन विस्तार गर्न खोज्दा विद्युत्को करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवत्ता तथा वडा नं.९ का वडाध्यक्ष प्रदीप बोहोरा बताए । ‘गाडेको विद्युत्को पोल उखेलेर अर्को स्थानमा सार्न खोज्दा पोलको टुप्पोले मेन लाइनलाई छुँदा करेन्ट लागको हो ।’ उनले भने,‘दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।’
प्रवत्ता बोहोराका अनुसार ४३ वर्षीया केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।
अहिले प्रहरी घटनास्थलमा पुगेको र घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।