९ जेष्ठ २०८१, बुधबार

१६ वर्षकी किशोरी बनिन् वडाध्यक्ष


कालीकोट । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं. ३ स्थित रमा माध्यामिक विधालयमा कक्षा १० मा अध्यानरत छात्रा पबिता बिक नरहरिनाथ गाउँपालिका वडा न ३ कि वडाध्यक्ष बनेकी छन् । ११४ औँ महिला दिवसको उपलक्ष्यमा ‘गर्ल टेक ओभर’ कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका वडा न ३ का वडाध्यक्ष कटकबहादुर बुढाको पदभार ग्रहरण गरेपछि बिक अध्यक्ष बनेकी हुन् ।
प्लान ईन्टरनेस्नल नेपाल र किर्डाक नेपाल कालीकोटको साझेदारिमा सञ्चालित शसक्त बालिका परियोजना अन्तरर्गत ११४ औ अन्तरराष्ट्यि महिला दिबसको अबसरमा ‘गर्ल टेक ओभर’ कार्यक्रम अन्तर्गत एक घन्टाका लागि वडाध्यक्ष बनाईएको परियोजना अधिकृत निर्मला हमालले बताईन । उनकाअनुसार किशोरीहरुले आप्नो क्षमता पहिचान गर्नेका लागि शसक्तिकरण गर्नु, किशोरीहरुले प्रमुखहरुको भुमिका निर्बाह गर्ने सक्ने क्षमता प्रदसन गर्नु र उनीहरुको प्रोत्साहान गर्ने कार्यक्रम गरिएको बताईन ।
कार्यक्रममा अध्यक्ष बिकले नरहरिनाथ गाउँपालिकाको बाल मैत्री वडा बनाउनका लागि समन्वय र सहकार्यमा पहल गर्ने निर्णय सर्बसहमतिमा पारित समेत गराएकी थिईन । त्यसपछि पद वडाध्यक्षलाई नै हस्तान्तरण समेत गरियको थियो ।