६ जेष्ठ २०८१, आईतवार

कर्णालीका मुख्यमन्त्री शर्माद्धारा प्रदेश प्रमुख समक्ष राजीनामा पेश


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियार समक्ष राजीनामा पेश गरेका छन् । कर्णाली प्रदेशमा विश्वासको मत पाउँ भनि पेश गरेको फिर्ता लिएका शर्माले प्रदेश प्रमुख समक्ष राजीनामा पेश गरेका हुन् ।

लामो रस्काकस्सीपछि कर्णालीका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै र एमालेलाई सरकार हस्तान्तरण गर्न तयार भएका छन् ।