२१ बैशाख २०८१, शुक्रबार

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता : मधेसलाई हराउँदै कर्णाली आगामी चरणमा प्रवेश

जीतको दौडमा कर्णाली

भरतपुर । बागमती खेलकुद विकास परिषदको आयोजनामा चितवनमा जारी अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश पुरुष भलिबल टिमले बिजयी सुरुवात गरेको छ ।

पहिलो चरणमा भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको हो । आज भएको खेलमा कर्णालीले मधेश प्रदेश लाई तीन एकको सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२१ ले हराएको कर्णालीले दोस्रो सेट भने २६–२४ ले गुमाउन पुग्यो । त्यसपछि लयमा फर्किएको कर्णालीले २५–१६ र २५–१८ मा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

यस्तै भोली कर्णाली प्रदेशले गण्डकी प्रदेशको सामना गर्दैछ। महिला भलिबल तर्फ भने कर्णाली आज लुम्बिनी प्रदेशसंग पराजित भएको छ। महिला टोली भोली विहान मधेस प्रदेशसंग खेल्ने छ ।