१५ बैशाख २०८१, शनिबार

विश्वविद्यालयका टिसर्ट बाढीपीडितलाई वितरण


सुर्खेत । मध्यपश्चिम् विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोईरालाले नीजि कलेजको विज्ञापन हुने गरि (एमयु )को नवौ बार्षिक उत्सवमा वितरण गरिएको टि–सर्ट विद्यार्थी संघ संगठनहरुले जफत गरि सुर्खेतका बाढीपीडित परिवारलाई वितरण गरेका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरि पश्चिम् सुर्खेतमा रहेका बाढी पीडित परिवारहरुलाई विद्यार्थी सघ सघठनहरुले टि–सर्ट वितरण गरेका हुन् ।
नीजि कलेजको प्रचारका लागि उपकुलपतिले आफ्नो व्यक्तिगत स्वार्थमा विश्वविद्यालयको गरिमामा आँच पु¥याउने काम गरेकोले बाध्य भएर विरोध गर्नु परेको विद्यार्थी संगठनहरुले बताएका छन् । टि–सर्ट वितरण कार्यक्रममा विद्यार्थी नेताहरु अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमरजंग शाही नेविसंघका केन्द्रीय सदस्य हरि शर्मा, अखिल (छैठौ) का केन्द्रीय कोषाध्यक्ष हस्तराज रेग्मी, निकुञ्ज पाण्डे, राजन केसी, मोहन थापा, घनश्याम पुन, तिर्सना हमाल, प्रेम खड्का, ममता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।