१५ बैशाख २०८१, शनिबार

दलित बस्तिमा नमुना बालविकास केन्द्र


कालीकोटः जिल्लाको राष्कोट नगरपालिकाले प्रारम्भिक बालविकासको शिक्षालाई जोड दिर्दै बालविकास केन्द्रका् स्थापना गरेको छ । टोलमा रहेका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि राष्कोट नगरपालिकाले बालविकास केन्द्रको स्थापना गरेको हो ।
विद्यालय जाने उमेरका साना बालबालिकाहरुले विद्यालय टाढा भएपछि जानबाट बन्चित भएका राष्कोट नगरपालिका वडा नं ९ को दलित टोलका बालबालिकाहरुका लागि नगरपालिकाले शिक्षामा जोड दिदै दलित वस्तिमा नमुना बालविकास केन्दको स्थापना गरेको छ । जग बलियो त घर बलियो भन्ने उखानलाई आत्मसाथ गर्दै राष्कोट नगरपालिकाले प्रारम्भिक बालविकास शिक्षालाई बलियो बनाउन दलित बस्तिमा बालविकास केन्द्रको स्थापना गरेको वडा नं ९ का वडाध्यक्ष डबल बोगटीले बताए । उनले भने, ‘नगरपालिकाको सहयोग र स्थानीयको जनश्रमदानले जिल्लामै पहिलो पटक दलित बस्तिमा नमुना बालविकास केन्द्रको स्तथापना गरेका हौ ।’ बालविकास केन्द्रमा दलित वस्तिका २० जना र अन्य १२ जनागरि ३२ जना बालवालिका आउने गरेका छन् ।
स्थानीय स्तरमा पाईने सामाग्रीहरुलाई प्रयोग गरि बालबालिकाहरुलाई पढाउर्दै आएको वडाध्यक्ष बोगटीले बताए । दलित बस्तिमा बालविकास केन्द्र नभएकाले बालविकास केन्द्रको स्थापना गरेपनि वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि वडाको माताहतका विद्यालयहरुमा डिजिटल हाजिरी प्रणाली सुरु गरेका र्छौ । बोगटीले भने । ‘मैले आफ्नो वडालाई नमुना वडा घोषणा गर्दै छ, सम्बभत जिल्लाकै नमुना वडा हुने छ ।’ गरीवी, अशिक्षा, अन्धविश्वासमा गाडिएको बालुखेत बस्ती स्थानीय तहको निर्वाचनपछि विस्तारै परिर्वतनको दिशातिर गइरहेको छ । ३ सय ३२ घरधुरि रहेको वडा नं ९ मा दुई सय २५ दलित समुदायको वाहुल्याता रहेको छ । यिनै विकासका सुचकहरु पुरा गरेपछि आउदो माघ महिनामा नगरकै नमुना वडा घोषणा गर्र्ने तयारि रहेको वडाध्यक्ष बोगटीले बताए ।
त्यस्तै फुकोट स्वास्थ्य संस्थाभित्रै छुट्टै स्थनपान कक्षपनि स्थापना गरिएको छ । नागरिकको सुविधाका लागि वडाले स्वास्थ्य संस्थामा अलगै स्तनपान कक्ष स्थापना गरेको हो । स्वास्थ्य सस्थामा आउने आमाहरुले आफ्ना बालबािलकालाइ जतातै बसेर स्थनपान गराउने गरेकाले आमाहरुको सुविधानका लागि स्वास्थ्य संस्थामा स्थनपान कक्ष स्थापनका गरेको हो ।
फुकोट स्वास्थ्य र्चौकी नगरपालिकाकै नमुना स्वास्थ्यचौकीका रुपमा गनिन्छ । विगतका दिनमा यहाँका वासिन्दाहरु विरामी पर्दा सिटामोल समेत पाउने अवस्था थिएन । दक्षजनशक्ति राखेर जटिल खालका विरामीलाई पनि वडामै उपचारहुने व्यवस्था मिलाएको स्वास्थ्य संयोजक हंस बरालले बताए । उनले अहिले वडामा भिडियो एक्सरे, सादा एक्सरे लगायतका सेवा वडाबाटै प्रदान गरिदै आएको बताए ।
एक घर एक धारा जडान
वडाका ३ सय ३२ घरधुरी मध्य एक सय ८० घरधुरीमा खानेपानिका धारा जडान गरिसकेको छ । वाँकि रहेका घर धुरीमा कार्तिक सम्म सवै घरमा धारा जोडिसक्ने तयारि रहेको वडा अध्यक्ष डबल बोगटीले बताए ।

अहिले एक सय ८० घरका धारामा खानेपानि आइरहेको छ । निर्वाचनका वेला गरेका वाचाहरु पुरा गर्न थोरै मात्र रहेको उनले बताए । ५ वर्षको कार्यकाल सम्म आफुले जनताका माझ गरेका वाचा सवै पुरा गरिसक्ने उनले बताए ।