१९ बैशाख २०८१, बुधबार

राउटे युवा–युवतीले किन पाएनन् बिहे गर्न?


दैलेख । आफूलाई जंगलको राजा ठान्ने र जंगलमै फिरन्ते जिवन बिताउँदै आएको राउटे समुदायमा अहिले पनि परम्परागत संस्कृति रहेका कारण युवा युवतिको बिहेमा समस्या हुने गरेको छ।
राउटे संस्कृतिका कारण उमेर पुगिसक्दा पनि बिहे गर्ने केटाको अभाव छ। यस समुदायमा केटाको अभाव भएका कारण बिहे गर्न समस्या हुने गरेको गायत्री बताउछिन्। केटा भएपनि आफनै गोत्रका भएकाले उमेर पूग्दा समेत बिहे हुन नसकेकोे उनले बताइन्।

उनिमात्र हैनन् राउटे समुदायमा कल्याल गोत्र भएका समुदायका अन्य २० जना बढि यूवा युवतीहरुको समेत बिहे गर्ने उमेर पुगिसकेको छ। तर उनिहरुमा आफ्नै गोत्रको भन्दा अन्य गोत्रको महिला पुरुष नभएकाले बिहे नभएको एक राउटे युवा बताउँछन्।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय भित्र आफ्नै कला संस्कृति र रहनसहन रहेको छ। उनिहरुको संस्कृति अनुसार राउटे समुदायमा तिन वटा थरहरु रहेका छन्। फरक फरक थरबीच विवाह हुने गर्दछ।

१३ वर्षीया वालिकाको ३१ वर्षे युवासँग बिहे
राउटे समुदायमा फरक गोत्रमा उमेर पुगेकी यूवती नहुँदा १२ वर्षीया वालिका मयाराम शाहीसँग ३१ वर्षीय दलबहादुर शाहीले बिहे गरेका छन्। उमेरले १२ पुग्दा आफुभन्दा २० वर्ष पाको केटासँग केहि महिना अघिमात्र उनको विवाह भएको हो।

दलबहादुरले मयारामसँग दोस्रो बिहे गरेका हुन पहिलेकी पत्नीको मृत्युपछि उनले दोस्रो बिहे गरेको बताउँदै दल बहादुरले भने समुदायमा उमेर मिल्ने फरक गोत्रकी महिला नभएपछि कम उमेरकैसँग बिहे गर्न बाध्य भएको बताए।

राउटे मुखीया सूर्यनारायण शाहीका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकांश युवा अविवाहित रहेको बताए। दक्षिण एशियाकै लोपोन्मुख मानिएको जंगलमा फिरन्ते जिवन बिताउँदै आएको राउटे आफुलाई जंगलको राजा मान्ने गर्दछन्। यो समुदाय पढाई लेखाईमा रुचि राख्दैँन।

चेतना जगाउँन परियोजना
राउटे समुदायका बालबालिकाहरुको सुरक्षा र समुदायमा सचेतना जगाउन बिगत एक वर्षदेखि राउटे परियोजना सञ्चालन गरि जनचेतना जगाउने गरिएको छ। समुदायका मानिसहरु बिरामी पर्दा औषधि उपचारलगायतका कामहरुका लागि स्थानीय सामाजिक सेवाकेन्द्र (सोसेक) नामक एक संस्थाले तिन जना कर्मचारी राखेर शिक्षा स्वास्थ्य सरसफाईलगायतका क्षेत्रमा काम गदै आएको शिक्षाको क्षेत्रमा काम गदै आएका एक कर्मचारी लालबहादुर खत्रीले बताए।
केही समय अघि समुदायका १२ पन्ध्र जनाले आफ्नो नाम लेख्न सक्ने भएको खत्रीले बताए।

महिला बालबालिकामा समस्या
गर्भवती हुँदा महिला र बच्चाको उचित स्याहार खानपानमा यो समुदाय त्यति धेरै ध्यान दिदैनन्। उनिहरुको पुरानै संस्कारले समुदायका कतिपय बालवालिकाहरुको अकालमै मृत्यु हुने गर्दछ। समुदायका महिला र बालबालिकाहरु आफ्नै भाषा बोल्ने गर्दछन्। यो भाषालाई खाम्ची भनिन्छ। उक्त भाषा अहिलेसम्म लिपिबद्ध हुन सकेको छैन्। राउटे समुदायभित्र भिन्न भिन्न संस्कृति र पराम्पराहरु रहेका छन्। राम्रा खाले संस्कृति र परम्पराहरु जोगाउनुपर्ने र समुदाय भित्रका कतिपय बाध्यताहरु बिस्तारै परिवर्तन गर्नुपर्ने आवस्यकता रहेको स्थानीय मुखिया बताउँछन्।

१ सय ५० जनाको संख्यामा रहेको राउटे समुदाय अहिले दैलेखको गुरास गाउँपालिका ४ को सत्तुवा चौरमा बस्दै आएका छन्। उक्त महिला ७२ जना र पुरुष ७८ जना रहेका छन्।