२० बैशाख २०८१, बिहीबार

कालीकोटमा मनाइयो १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस


कालीकोटः १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कालीकोटमा मनाईएको छ । गाउँ नगर स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवद्धनमा अहम भुमिका भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।
सेभ द चिल्ड्रेन किडार्क नेपाल कालीकोटको सहयोग स्वास्थ्य सेवा कार्यालय कालीकोटको समन्वय तथा खाडाचक्र नगरपालिकाको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि १६ र्औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाईएको छ ।
खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टको अध्यक्षता स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख डा. भिष्म पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डा. भिष्म पोखरेलले महिला स्वास्थ्य स्वयम सेविकाको सहयोगले नै गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सकिएको बताए । उनले भने, ‘गरिव, निमुखा र पिछडिएको ठाउँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वयम सेविकाको अहम भुमिका छ ।’
उनले मान्छेको जिवनमा सुधार ल्याउनका लागि अहोरात खटिने स्वयमसेविकाहरुलाई जुन सुकै शब्दले सम्मान गरे पनि कमै हुँने भन्दै स्वास्थ्य संयमसेविकाको कार्य अमुल्य रहेको तर्क गरे । उनले आमा स्वस्थ भए बच्चा स्वस्थ हुन्छ, अनि मात्र समाज स्वस्थ हुन्छ भन्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्र्दै खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले सवै नागरिकले स्वास्थ्य स्वयम सेविकालाई सम्मान गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘नाम नै स्वयम सेवक भएकाले निशुल्क सेवा दिनु परेको हो ।’
स्वयम सेविकाको दुख र चुनौतिलाई देखेर खाडाचक्र नगरपालिकाले बजेट विनियोजन गरेको औल्याईन् । उनले भनिन्, ‘स्वयमसेविकाको दुखलाई भुलाउनका लागि मासिक २ हजार खाजा खर्च र एक एक सेट मोवाईल सेट वितरण गर्ने निर्णय गरेका र्छौ यसले स्वयम सेविकालाई हौसला प्रदान गर्ने छ ।’
रात दिन नभनेर नागरिकको सेवामा लागेका स्वयम सेविकालाई खाडाचक्र नगरपालिकाले सम्मान समेत गरेको छ । आ–आफ्नो वडामा आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवर्धन गर्ने शिलशिलामा वडाभित्रका जनतालाई स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने जस्ता महत्वपूर्ण उद्देश्य लिई परिचालित महिला स्वास्थ्य स्वयम्सेविकाले राम्ररी काम गरेका छन् ।