६ जेष्ठ २०८१, आईतवार

खोरमा रहेका ३५ बाख्रा जलेर नष्ट


कालिकोटः जिल्लाको पचालझरना गाउँपालिका खार्दूमा आगलागि हुदाँ एकै परिवारका ३५ वटा बाख्रा जलेका छन् । पचालझरना गाउँपालिका वडा नं ३ का युवा व्यवसायी लोकेन्द्र कठायतले पालेका ३५ वटा वाख्रा जलेर सखाप भएका हुन ।
बिहिबार राति अचानक जङगलबाट सुरु भएको आगलागि बाख्रा गोठमा सल्केपछि गोठमा भएका सवै बाख्रा खवै मरेका छन् । एकै दिन ३५ वटा बख्रा जलेपछि गाउँपालिकाले आफुले सकेजति सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनले गाउँपालिकाले सकेजति सहयोग गर्न तयार भएको बताए । अन्य निकायलाई पनि सहयोग गरिदिन गाउँपालिकाले आग्रह गरेको छ ।