६ जेष्ठ २०८१, आईतवार

मैदानमा खटिने प्रहरीको तलव काट्नु भनेको मुर्खता पूर्ण निर्णय हो ः– महासचिव शाही


कालीकोटः नेपाली कांग्रेसका युवा नेता एवं तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले प्रधानमन्त्री, सांसद र मन्त्रीहरुको एक वर्षको तलब कोरोना रोकथाम कोषमा जम्मा गर्नुपर्ने माग गरेका छन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को रोकथामका लागि सुरक्षाकर्मीहरुको पारिश्रमीक कट्टा गरी कोरोना कोषमा जम्मा गर्ने भनिएकोमा आपत्ति जनाउर्दै शाहीले विपदमा खटिने सुरक्षाकर्मीको रकम कट्टा गर्ने नभई बरु प्रधानमन्त्री, मन्त्री र साँसदको तलब कट्टा गर्न माग गरेका छन् । उनले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै भनेका छन् ‘यो संकटको घडिमा ज्यानको प्रवाहा नगरी रातदिन नागरिकको जीवन रक्षाको लागि मैदानमा खटिने प्रहरीको तलव काट्नु भनेको मुर्खता पूर्ण निर्णय हो ।’
बरु यो विपदको समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको हौषलाका लागि थप रकम उपलव्ध गराउन आवश्यक रहेको शाहीले बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम गर्ने विधि भनेकै लकडाउन हो । यस्तो महासंकटमा आफ्नो ज्यानका बाजी लगाएर खटिएका सुरक्षाकर्मीको तलब नकार्टौ ।