२१ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीको पहलमा कोपिलाले दियो सामाग्री


कालीकोटः कोपिला भ्याली सेवा समाज सुर्खेतले कालीकोट जिल्लाका ९ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कालीकोट जिल्लामा रहेका ९ वटै स्थानीय तहमा रहेका क्वारेन्टाईनमा बसेका नागरिकको स्वास्थ्य सुरक्षाका लागी कर्णाली प्रदेश सरकारको समन्वयमा कालीकोट जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि कोपिला भ्याली समाजले स्वास्थ्य सामाग्रि कालीकोट जिल्लालाई दिएको हो । प्रत्येक स्थानीय तहलाई न्युनतम ३ सय देखि ८ सय पिस मास्क, सेनेट्राईजर, सर्जिकल पञ्जा, लगायतका सामाग्री दिएको हो ।
मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीको पहलमा सो सामाग्रि कोपिला भ्याली सेवा समाज सुर्खेतले सहयोग गरेको पत्रकार अशोेक सिंहले बताए । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको रोहवरमा कालीकोट जिल्लाका ९ वटै स्थानिय तह, जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।