६ जेष्ठ २०८१, आईतवार

२३ जना फरार अभियुक्त पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानले २३ जना परार अभियुक्तहरुलाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार मंगलबार र बुधबार गरेर २३ जनालाई सल्यानका विभिन्न ठाउँबाट पक्राउ गरेर जिल्ला अदालत सल्यानमा बुझाएको छ ।

१३ गते बन्यजन्तु चोरी सिकारी मुद्दाका आठ जना, सम्बन्ध विच्छेद मुद्दाका तीन जना, नाता प्रमाणित मुद्दाका एक जना, कर्तव्य मुद्दाका एक जना, के.सा.अ. मुद्दाका दुई जना, गाली वेईज्यती मुद्दाका एक जना, कुटपिट मुद्दाका एक जना गरी १७ जनालाई पक्राउ गरिएको हो ।

यस्तै १४ गते कुटपिट मुद्दाका पाँच जना र सवारी ज्यान मुद्दाका एक जना गरी छ जना फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको प्रवक्ता बास्तोलाले जानकारी दिए ।

उनीहरु पक्राउ भए संगै तीन बर्ष सात महिना १९ दिन कैद र ४६ हजार ४ सय २५ रुपैयाँ जरिवाना असुल भएको